भारी वर्षा : अँधेरी रेलवे स्टेसनको पुल भत्किदा १५ जना घाइते


Share This


नेपालबहस संवाददाता    40 Views

नयाँ दिल्ली । भारतको आर्थिक राजधानी मुम्बई शरहमा मङ्गलबार बिहान जारी भारी वर्षाका कारण एउटा पुल भत्किदा १५ जना बटुवा घाइते भएका छन् ।

भारी वर्षाको कारण सो पुल भत्किएको प्रहरी स्रोतले बताएको अन्तराष्ट्रिय समाचार माध्यमले जानकारी दिएका छन् । मुम्बइको अँधेरी रेलवे स्टेसनमा रहेको पुल भत्किएको हो ।

यस घटनामा परी १५ व्यक्ति घाइते भएका र उनीहरुलाई स्थानीय अस्पतालमा उपचारार्थ लगिएको बताइएको छ । एजेन्सी

तपाईको प्रतिक्रिया