गुफामा फसेका १२ किशोर प्रशिक्षकले १० दिनपछि गुफाभित्रै खाना खाए


Share This


नेपालबहस संवाददाता    58 Views

सुरक्षित फिर्ता ल्याउने विषयमा उद्धारकर्ताहरूको ध्यान केन्द्रित

काठमाडौं । पानीको भेल संगै थाइल्याण्डको गुफामा फसेका १२ किशोर र उनीहरूका फुटबल प्रशिक्षकको  जिवितै उद्धार गरिने कार्य जारी रहेको छ ।

उत्तरी थाइल्याण्डको बाढीग्रस्त गुफामा फसेका स्कूले केटाहरू र तिनका फुटबल प्रशिक्षकले १० दिनपछि गुफाभित्रै पहिलो पटक खानेकुरा र औषधि पाएको बिबिसीले जानकारी दिएको छ ।

चियाङ राइको गुफाभित्र उनीहरूलाई खाना र औषधि पुर्‍याउन एक डाक्टर र एक नर्ससहित सातजना गोताखोरहरू गुफाको भित्री भागमा उनीहरू फसेको ठाउँमा पुगेका थिए। उनीहरू हराएको नवौँ दिनपछि जीवितै फेला परेका हुन् । उनीहरुलार्ई उद्धार गर्ने क्रममा कुनै जोखिम नमोलिएको एक अधिकारीले बताएका छन्।

एकजना अधिकारीले उनीहरूलाई मंगलवार चिकित्सकको निगरानीमा पचाउन सजिलो हुने खानेकुरा, भिटामिन र खनिज दिइएको बताए।गुफाभित्र फसेका धेरै किशोरहरूले पौडी खेल्न नजान्ने हुनाले उनीहरूको उद्धारमा कठिनाइ उत्पन्न भएको बताइएको छ।फसेका किशोरहरूलाई आफन्तजनसँग कुराकानी गर्न सहज बनाउन गुफाभित्र टेलिफोन जडान गरिएको बताइएको छ।

चियाङ राइका प्रमुख प्रशासकले नोरोङसाक ओसोथ्थानाकोले संवाददाताहरूलाई भने, ूहामी ती केटाहरूलाई गुफाबाट निकाल्न हतार गर्दैनौँ। जब शून्य जोखिमको अवस्था हुन्छ त्यसपछि उनीहरू एक एक गरेर गुफाबाट बाहिर निस्कन सक्छन्। बिबिसी

तपाईको प्रतिक्रिया