भारतमा आफ्नै बहिनीलाई बलात्कार गर्ने दाइ प्रहरी खोरमा !


Share This


नेपालबहस संवाददाता    52 Views

नयांदिल्ली । भारतको राजधानी नयांदिल्लीमा ८ वर्षीय बालिकालाई उनकै १२ वर्षीय दाइले बलात्कार गरेका घटना सार्वजनिक भएको छ ।

घटना भारत दिल्लीको आजादपुर प्रहरी थाना क्षेत्रको हो । प्रहरीका अनुसार बालिकाको अवस्था गम्भीर रहेको छ । अपराधमा सम्लग्न बालिकाका १२ वर्षीय दाइलाई प्रहरीले हिरासतमा लिएर बाल सुधार गृह पठाएको छ ।

भारतीय सञ्चारमाध्यमहरुका अनुसार बालिकाको आमा बुवा गरिब छन् । उनीहरु दैनिक मजदूरी गर्दै आफ्नो गुजारा चलाउदै आएका छन् ।

प्रहरीका अनुसार बच्चालाई बाल सुधार गृहमा काउन्सिलिङ पनि दिइएको छ । उता दिल्ली महिला आयोगले बालिकालाई आर्थिक सहायता दिने घोषणा गरेको छ ।

दिल्ली महिला आयोगकी अध्यक्ष स्वाति मालीवालले अस्पताल गएर पीडित बालिकासँग भेटेकी छिन् । एजेन्सी

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार