अमेरिकी विदेशमन्त्री पोम्पेओ उत्तर कोरिया प्रस्थान


Share This


नेपालबहस संवाददाता    

वासिङटन । अमेरिकी विदेशमन्त्री माइक पोम्पेओ बिहीबार बासिङ्टनबाट उत्तर कोरियाको राजधानी प्योङग््याङतर्फ प्रस्थान भएका छन् ।उत्तर कोरियाली नेता किम जोङ उनसँग वार्ताका लागि उनी त्यसतर्फ गएको अमेरिकी विदेश मन्त्रालयले जानकारी दिएको छ ।

उनी उत्तर कोरियाले यसअघि नै प्रतिबद्धता व्यक्त गरेको निशस्त्रीकरण विषयमा जारी अन्तिम चरणको वार्ताको लागि त्यसतर्फ लागेका हुन् । अमेरिकी वरिष्ठ कूटनीतिज्ञ पोम्पेओसँग अमेरिकी विदेशमन्त्रालयका अन्य उच्च अधिकारी पनि साथमा रहेको बताइएको छ ।

अमेरिकी विदेशमन्त्री पोम्पेओ स्थानीय समयानुसार बिहीबार मध्याह्न २ बजे उत्तर कोरियाको राजधानी प्योङग््याङ पुग्ने बताइएको छ ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किमबीच गत महिना सिङ्गापुरमा ऐतिहासिक शिखर वार्ता भएको थियो ।

सो समयदेखि नै राष्ट्रपति ट्रम्प उत्तर कोरियाकोतर्फबाट बारम्बार आउने गरेको आणविक युद्धको चेतावनीको अन्त्य भएको बताइएको छ ।त्यस वार्तापछि उत्तर कोरियाली प्रायःद्वीपमा शान्तिको आशा बढेको विश्वास गरिएको बताइन्छ ।

यस वार्ताकाक्रममा उत्तर कोरियाले प्रतिबद्धता व्यक्त गरेको पूर्णनिशस्त्रीकरणका लागि उत्तर कोरियाले काम सुरु गरिसकेको पनि उसको दाबी छ । सिङ्गापुरमा दुई नेताबीच भएको शिखर वार्तापछि सम्झौतापत्रमा हस्ताक्षरसमेत भएको थियो । एजेन्सी

तपाईको प्रतिक्रिया