fbpx

भ्रष्टाचारी पाकिस्तानी प्रधानमन्त्रीलाइ १० वर्ष जेल


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज शरिफ पक्राउ परेका छन् । बेलायतबाट अबुधाबी हुँदै शुक्रबार राति स्वदेश फर्किएका शरिफसँगै उनकी छोरी मरियमलाई पाकिस्तानी सुरक्षाकर्मीले गिरफ्तार गरेका हुन् ।

भ्रष्टाचारसम्बन्धी मुद्दामा दोषी देखिए पछि जेल सजाय सुनाइएको हो। ६ जुलाईमा भएको फैसलामा शरिफलाई १० र उनकी छोरी मरियमलाई सात वर्ष जेल सजाय सुनाइएको थियो । तर शरिफ फैसला सुनाउने बेला श्रीमतीको उपचारका लागि परिवारसहित बेलायतमा थिए ।

जुलाइ २५ मा हुन लागेको निर्वाचनको पूर्वसन्ध्यामा स्वदेश फर्किएका शरिफलाई विमानस्थलमा उत्रिएलगत्तै नेशनल एकान्टिबिलिटी व्यूरो (एनएबी) ले पक्रेको हो ।शरिफका बावु–छोरीलाई त्यहाँको नेशनल अडियाला जेलमा राखिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार