fbpx

बच्चा जन्माउदा युट्युबको प्रयोगले आमाको मृत्यु


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । सामाजिक सञ्जाल युट्युबको प्रयोग गरी बच्चा जन्माउदा भारत तमिलनाडुस्थित तिरपुरमा एक महिलाको मृत्यु भएको छ ।

तमिलनाडुस्थित तिरपुरमा युट्युब हेरेर बच्चा जन्माउने २८ वर्षीया महिलाले ३।३ किलोग्रामको स्वस्थ शिशुको जन्म दिएपछि आमाको मृत्यु भएको पारीवारिक स्रोतले जनाएको छ ।

महिलाका पतिले आफ्ना दुई साथीसँग मिलेर यो डेलिभरी गराएका थिए र उनीहरू कोही पनि बच्चाको जन्म गराउन योग्य थिएनन् ।क्रिथिगा नामक महिला एक निजी विद्यालयकी शिक्षिका थिइन् र उनका पति कार्तिकेयन कपडा कम्पनीमा काम गर्थे । उनीहरूको तीन वर्षीया एक छोरी पनि थिइन् ।

क्रिथिगाका पिता राजेन्द्रनले भने, ‘छोरीले पहिलो बच्चा अस्पतालमै जन्माएकी हुन् तर दोस्रो बच्चा चाहिँ घरैमा जन्माउन चाहन्थिन् ।’क्रिथिगाकी साथी लावण्याले हालै घरैमा बच्चा जन्माएकाले उनलाई पनि प्रेरणा जाग्यो । प्रहरीले महिला आफ्नै मर्जीले बच्चा जन्माउन तयार भएकाले कसैका विरुद्ध मुद्दा नचलाइने बतायो ।

तपाईको प्रतिक्रिया