fbpx

इण्डोनेसियामा भूकम्प जादा १० जनाको मृत्यु


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । इण्डोनेशियाको लोकप्रिय पर्यटकीय क्षेत्र लोमबोकमा भूकम्प जादा १० जनाको मृत्यु भएको छ । इन्डोनेसियाको मटरम शहरबाट करिब ५० किलोमिटर उत्तरपूर्वमा रहेको लम्बोक टापुमा स्थानीय समय अनुसार बिहान ६ बजेर ४७ मिनेटमा ६ दशमलव ४ रेक्टर स्केलको भूकम्प गएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

भूकम्पका कारण कयौँ भवमा समेत क्षति पुगेको त्यहाँका अधिकारीले बताएका छन् । उनीहरुले केयौँ भवनमा क्षति पुगेको तर यकिन जानकारी आइनसकेको बताएका छन् । सन् २०१६ को डिसेम्बरमा गएको भूकम्पमा परी इण्डोनेसियामा १ सय जनाको ज्यान गएको थियो । एजेन्सी

तपाईको प्रतिक्रिया