मालिमा जातीय हिंसामा परी ११ जना फुलानी नागरिकको मृत्यु


Share This


नेपालबहस संवाददाता    

बामाको । मालीमा भएको जातीय हिंसामा परी ११ जना फुलानी नागरिक मारिएका छन् । स्थानीय समूहले बिहीबार मृत्यु हुनेहरूको संख्या ११ रहेको स्थानीय अधिकारीहरुले बताएका छन् ।

अशान्त रहेको मध्य क्षेत्र मोप्तीमा मंगलबार सो घटना भएको अधिकारीहरूलाई उद्धृत गर्दै समाचारमा जनाइएको छ । डोगोङ समुदायका व्यक्तिहरूले आक्रमण गरेको बताइएको छ ।

मंगलबार ११ जना फुलानी नागरिक अपहरणमा परेका थिए । उनीहरूलाई बानी नदी हुदै बजारतर्फ गइरहेका बेला सोफाराबाट डोगोङ लडाकूहरुले अपहरण गरेका हुन्, फुलानी एसोसिएसनका प्रमुख अब्दौल अजिज डिआलोले एएफपीलाई जानकारी दिए ।

फुलानी, बाम्बारा र डोगोङ किसानकाबीचमा विगत तीन बर्ष देखि मध्य मालिमा द्वन्द्व भइरहेको छ ।

तपाईको प्रतिक्रिया