अफगानिस्तानमा सुरक्षा कारबाहीमा ४६ लडाकू मारिए


Share This


नेपालबहस संवाददाता    

२२ साउन, काठमाडौं । अफगानिस्तानको उत्तरी बाघ्लान प्रान्तमा भएको सुरक्षा कारबाहीमा परी ३४ जना तालिवान लडाकूको मृत्यु भएको छ ।

अफगान प्रहरीले चलाएको विषेश सुरक्षा कारबाहीको अभियानमा उनीहरु मारिएको र थप २९ जना घाइते भएको गृह मन्त्रालयले आइतबार जनाएको छ ।

बाघ्लान प्रान्तको मर्काजी जिल्लामा प्रहरीले विषेश सुरक्षा इकाइको रुपमा ठूलो सङ्ख्यामा प्रहरी परिचालन गरिएको बताएको छ । तालिवान विरुद्धको सुरक्षा कारबाही शृङ्खलाबद्ध तरिकाले भइरहेको छ ।

पछिल्लो पटक दुई दिन अघिदेखि सुरु भएको तालिबान विरुद्धको कारबाही विभिन्न स्थानमा १६ भएको मन्त्रालयद्वारा जारी विज्ञप्तीमा जनाइएको छ ।

त्यसैगरी अफगानिस्तानकै दूई ओटा उत्तरी प्रान्तमा भएका छुट्टाछुट्टै सुरक्षा कारबाहीमा अरु १२ जना लडाकू मारिएको अधिकारीले आईतबार जानकारी दिएका छन् ।

बाडाख्सन प्रान्तको राघिस्तान जिल्ला अन्तर्गत पर्ने क्वार्सका र गार्डानाका सुरक्षा चौकीमा लडाकूहरुले आक्रमण गरेपछि सुरक्षाकर्मीहरुले जवाफी कारबाही गरेका थिए ।

सो कारबाहीमा छ जना मारिएको र अरु तीन जना घाइते भएको स्थानीय प्रहरी प्रवक्ता महाफोजुल्लाह अकबरीले जानकारी दिए ।

शनिबार मध्यरातमा भिडन्त अन्त्य भएको र भिडन्तमा कुनै नागरिक तथा सुरक्षाकर्मीको मृत्यु नभएको उनले बताए । सिन्ह्वा

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार