fbpx

फिलिपिन्समा बम विस्फोट हुँदा २ को मृत्यु, ३७ जना घाइते



नेपालबहस संवाददाता
 




काठमाडौं । दक्षिणी फिलिपिन्सको सुल्तान कुदरत प्रान्तको इसुलानमा मंगलवार मोटरसाइकलमा लुकाएर राखिएको बम विस्फोट हुँदा दुईजनाको मृत्यु भएको छ भने ३७ जना घाइते भएका छन् ।

भीडभाड हुने बजार इलाकामा कपडा पसलअघि यो विस्फोट भएको थियो । मानिसहरू स्थानीय पर्वमा सामान किन्न जम्मा भएका थिए ।सेनाले यसमा बांगसामोरो इस्लामिक फ्रीडम फाइटर्सको हात रहेको अनुमान गरेको छ । यो संगठनको सम्बन्ध इस्लामिक स्टेटसँग छ ।

प्रहरी सूत्रले घाइतेहरूलाई विभिन्न अस्पतालमा भर्ना गरिएको बतायो । एक महिनाअघि बासीलान टापुमा एक सुरक्षा चौकीमा भएको एक भ्यानमा विस्फोट हुँदा चार नागरिक र आठ सैनिकको मृत्यु भएको थियो ।

एजेन्सी