लोपुन्मुख चार सयभन्दा बढी कछुवा मृत अवस्थामा फेला


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । मेक्सिकोमा लोपुन्मुख ओलिभ रिड्ले कछुवासहित चार सयभन्दा बढी कछुवा मृत फेला परेका छन्। दक्षिणी मेक्सिन राज्य ओक्साकाको समुद्रमा बुधबार तीन सयवटा कछुवा जालमा अड्किएको अवस्थामा मृत भेटिएका हुन्।

यसअघि मंगलबार चियाप्सास राज्यमा १ सय २ ओलभ रिड्ले प्रजातिका लोपुन्मुख कछुवा मृत भेटिएको बीबीसीले जनाएको छ। ओलिभ रिड्ले कछुवाले मेदेखि सेप्टेम्बर महिनासम्म समुद्रका किनारमा अन्डा दिने गर्दछन्।

यस प्रजातिका कछुवा मृत भेटिएपछि मेक्सिकोमा यसको लोप हुने सम्भावना बढेको अधिकारीहरुको भनाइ छ। ती कछुवाको मृत्युको कारणबारे अनुसन्धानलाई तीव्र बनाइएको छ।

जानकारहरुले कछुवा जानाजान मारिएको हुनसक्ने आशंका गरेका छन्।मेक्सिकोमा समुद्री कछुवा मार्नलाई अपराधको रुपमा हेर्ने गरिएको छ। संघीय अदालतका अधिवक्ताले आफ्नै नेतृत्वमा यसबारे छानविन सुरु गरेको छन्। एजेन्सी

तपाईको प्रतिक्रिया