पानीले बाँध भत्काएपछि एक सय गाउँ डुबानको जोखिममा


Share This

नेपालबहस संवाददाता    

बागो, म्यानमार । अत्यधिक वर्षाका कारण म्यानमारको एउटा बाँध नाघेर पानी गएपछि झण्डै एक सय गाउँमा बाढीको असर परेको छ ।आज बिहानै आएको बाढीका कारण मुलुकको सबैभन्दा ठूलो राजमार्र्गसमेत अवरुद्ध भएको सरकारी अधिकारीहरुले जनाएका छन् ।

बाढीका कारण कसैको मृत्यु भएको खबर अहिलेसम्म आएको छैन भने हजारौँ विस्थापित भएको र अस्थायी शिविरहरुमा राखिएको समाचारमा जनाइएको छ । स्वार चाउङ बाँधको संरचनाले थेग्न नसकेपछि ठूलो वर्षापछिको पानी बाँध नाघेर बाढीका रुपमा गाउँ र राजमार्गमा गएको अधिकारीहरुको भनाइ छ ।

बाढीका कारण याङ्गोनदेखि माण्डलासम्मको राजमार्गको पुल पनि भत्किएको छ । म्यानमारका दुई ठूला शहरबाट आवत जावत गर्न मुख्य आधारका रुपमा रहेको पुल भत्किएपछि ती शहरहरुको सम्पर्क टुटेको छ ।

बाढी प्रभावित झण्डै एक सय गाउँका झण्डै १२ हजार घरपरिवारलाई बाढीले असर पारेको उनको भनाइ छ । म्यानमारको सेना प्रमुख मिन औङ हलाइङले पानी नरोकिएकाले बाढी पनि तत्काल रोकिने अवस्था नरहेको बताए ।

तपाईको प्रतिक्रिया