केरलामा मुसाको टोकाइबाट ३४ को ज्यान गयो



नेपालबहस संवाददाता
 




  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

भारत । भारतको केरलामा गत महिनाको बाढीपछि यतिबेला मुसाको आतंक सुरु भएको छ। मुसाको टोकाइबाट अहिलेसम्म ३४ जनाको मृत्यु भइसकेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्।

यसअघि बाढीका कारण सर्पले पनि केरलावासीलाई निकै सताएको। गत अगष्टमा केरलामा गएको भिषण बाढीले ४ सयभन्दा बढीको ज्यान लिएको थियो।

बाढीले विभिन्न सहर तथा बस्ती डुबानमा परेपछि अन्नबाली कुहिएको, त्यहि कुहिएका खाद्यपदार्थका कारण यतिबेला केरलाका नागरिकहरु मुसाको आतंकबाट त्रसित भएका छन्।

मुसाले टोकेपछि ‘लिप्टोसपिरोसिस’ रोग लागेका कारण मानिसहरुको मृत्यु भएको बताइएको छ।


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •