मुनका प्रतिनिधिसँग किमको भेटवार्ता, तेस्रो शिखर वार्ताको आधार तयार पर्ने अपेक्षा


Share This

नेपालबहस संवाददाता    

सोल । दक्षिण कोरियाका राष्ट्रपति मुन जाय इनका विषेश दूतले उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनसँग भेटवार्ता गरेका छन् । विषेश दूतको टोलीले उत्तर कोरियाको एकदिने भ्रमण गरेको दक्षिण कोरियाको राष्ट्रपतिको कार्यालय ब्लु हाउसले जनाएको छ ।

विषेश दूतको टोलीमा पाँच जना सदस्य रहेका थिए । त्यसको नेतृत्व चुङ इउइ योङले गरेका थिए । चुङ दक्षिण कोरियाका राष्ट्रिय सुरक्षा सल्लाहकार रहेका छन् ।

सो टोलीले दक्षिण कोरियाका राष्ट्रपति मुनले पठाउनु भएको पत्र उत्तर कोरियाका सर्वोच्च नेता किमलाई हस्तान्तरण गरेको थियो । कोरिया प्रायद्विपको अवस्थासम्बन्धी धारणा आदानप्रदान गर्न पत्राचार गरेको ब्लु हाउसले जनाएको छ ।

विषेश टोलीको उत्तर कोरिया भ्रमणबारे दक्षिण कोरियाले बिहीबार पत्रकार सम्मेलन गरेर जानकारी गराउने योजना बनाएको छ । विषेश टोली र उत्तर कोरियाली नेताबीचको भेटवार्ताले किम र मुनको तेस्रो शिखर वार्ताको आधार तयार पर्ने अपेक्षा गरिएको छ ।

यस पटकको भेटवार्ताको मुख्य कार्यसूची नै तेस्रो शिखर रहेको समाचारमा जनाइएको छ ।

तपाईको प्रतिक्रिया