आधीको चपेटामा रहेको जापानमा शक्तिशाली भूकम्प गयो !


Share This

नेपालबहस संवाददाता    

टोकियो । जापानमा शक्तिशाली भूकम्प गएको छ । केही दिनयता आएको शक्तिशाली आधीका कारण १० जनाले ज्यान गुमाउनुका साथै लाखौ मानिस प्रभावित भएका बेला भूकम्प गएको हो ।

६ दशमलव ६ रेक्टरस्केलको भूकम्प जापानको दक्षिणी क्षेत्रमा पर्ने सापोरोको होकाइदो केन्द्रविन्दु भएर गएको बिबिसीले जनाएको छ ।

स्थानीय समयअनुसार बिहान ३ बजे गएको भूकम्पको धक्का झण्डै २० सेकेण्ड महसुस गरिएको थियो । भूकम्पबाट अहिलेसम्म एक जनाको ज्यान गएको छ । अरु १० जना घाइते भएका छन ।

अहिले उद्धार कार्य चलिरहेको छ । प्रधामन्त्री सिन्जो आवेले भूकम्पले भत्किएका घरमा उद्धारलाई तिब्रता दिन निर्देशन दिएका छन । भूकम्पपछि सुनामीको चेतावनी नदिइएका कारण जापानीजले केही राहत महसुस गरेका छन ।

तपाईको प्रतिक्रिया