छोरा लगाएर छोरीको बलात्कार गराइन, बञ्चरो हानेर आमाले हत्या गरिन !


Share This

नेपालबहस संवाददाता    

एजेन्सी । तपाई सोच्न सक्नुहुन्छ ? आमाले आफ्नै छोरालाई लगाएर छोरीको बलात्कार गराउछिन । अनि छोरीको टाउकोमा बन्चरोले हानेर हत्या गर्न सक्छिन ।

भारतमा यस्तै भएको छ । काश्मिरको बरमुल्लाह जिल्लामा सौतेनी आमाले छोरीको हत्या मात्रै गरिनन । हत्या गर्नुअघि आफ्नै छोरा र उसका साथीहरु लगाएर सामुहिक बलात्कार गराइन । त्यो पनि आफ्नै अगाडी ।

प्रहरीले ती सौतेनी आमा र उनका छोरासहित चार जनालाई पक्राउ गरेको छ । भारतमा निर्मम हत्या र बलात्कारका घटनाको पछिल्लो दर्दनाक यो घटनाले विश्व नै स्तब्ध भएको छ ।

छोरी बेपत्ता भएको १२ दिनपछि बालिकाका बुवाले प्रहरीमा उजुरी गरेपछि घटना सार्वजनिक भएको हो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया