श्रीलङ्का रुबेला मुक्त देश घोषित



नेपालबहस संवाददाता
 




  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

कोलम्बो । विश्व स्वास्थ्य सङ्गठन ‘डब्लूएचओ’ ले श्रीलङ्कालाई रुबेला मुक्त देश घोषणा गरेको छ । मुलुकलाई रुबेलामुक्त घोषणा गराउन सहयोग गर्ने सबैप्रति धन्यवाद ज्ञापन गरिएको स्वास्थ्य मन्त्रालयका सञ्चार सचिव निपुन एकनायकेले बताएका छन् ।

श्रीलङ्कालाई रुबेलामुक्त देश घोषणा गरिएको प्रमाणपत्र डब्लूएचओका क्षेत्रीय निर्देशक पुनम क्षेत्रपाल सिंहले श्रीलङ्काका स्वास्थ्यमन्त्री रजिथा सेनारत्नेलाई हस्तान्तरण गरेकी हुन् ।

श्रीलङ्कालाई मलेरिया अर्थात् सितज्वरो मुक्त देशको रूपमा भने यसअघि सन् २०१५ मै घोषणा गरिएको थियो ।


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •