समलिगींलाई हेर्ने दृष्टिकोण अहिले पनि उस्तै !


Share This

नेपालबहस संवाददाता    

नया दिल्ली । भारतमा बिहीबार सर्वोच्च अदालतले समलिगींं विवाहलाई मान्यता दिएपछि समलिगींहरुले खुशीयाली मनाएका छन् । समलिगीं समुदायले आफ्नो जित भएको भन्दै खुशीयाली मनाउदै यो मान्यताले अव नयाँ युगको सुरुवात भएको बताएका छन् ।

हिजो अदालतले समलिगीं विवाहलाई मान्यता दिएपछि केहीले आफ्नो बिचार यसरी राखेका छन् :

समलैंगिक समुदाय

उत्तर प्रदेशका २८ बर्षिय अरुण कुमार

शहरका समलिगीं यसरी खुशी मनाइरहदा गाउँमा रहेका समलिगींले अदालतको फैसला भन्दा पनि मानिसको सोच बदल्नु पर्ने बताएका छन् । उनीहरुले गाउँमा आफूलाई हेर्ने दृष्टिकोणका कारण बाच्न नै गाह्रो भएकाले सोच बदल्नु आवश्यक रहेको बताएका छन् ।

समलैंगिक समुदाय

यस्तै बिहारमा ३० बर्षिय किरण यादव भन्छन् ।

मलाई धारा ३७७ को बारेमा यो पनि थाहा थिएन मलाई समलिगींहरुको सेक्स अपराध हो भनेर । अदालतको यो फैसलाले म खुशि छु । तर यो फैसलाले मात्र हुदैंन ग्रामीण क्षेत्रमा आम नागरिकको सोच बदल्नु पर्ने देखिन्छ ।

समलैंगिक समुदाय

म केटी हुँ तर पनि मलाई गाउका अरु केटाहरु जस्तै पैन्ट शर्ट लगाउन मन पर्छ, मेरो घरमा छोरा छैनन् यसकारण यसो गर्दा पनि मलाई राम्रो है मान्छन् मेरो घर परिवारले ।

यस्तै बिहारका ३२ बर्षिय राहुल मिश्र भन्छन् ।
म अदालतको यस फैसलालाई स्वागत गर्छु , मलाई धारा ३७७ प्रति पनि केही भन्नु छैन । पुलिसले पनि यो कानुन अनुसार अहिले सम्म कसैलाई कार्बाही नै गरेको प्रमाण छैन । हामीलाई त यो समाज बादक छ । समाजको सोच बदल्नु आवश्यक छ ।

अदालतले फैसला सुनाएपछि गाउँमा रहेका समलिगींले आफ्ना सामाजिक संजालमा यि विचारहरु सेयर गरेका थिए । हिन्दी बिबिसी

तपाईको प्रतिक्रिया