जापानमा शक्तिशाली भूकम्प : मृत्यु हुनेको संख्या ३० पुग्यो


Share This

नेपालबहस संवाददाता    

टोकियो । जापानमा शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेहरुको संख्या शनिबार सम्ममा ३० पुगेको छ । भूकम्पबाट प्रभावित दशौँ हजारलाई उद्धार गरिएको सरकारी अधिकारीले जानकारी दिएका छन् ।

मृत्यु भएकामध्ये अधिकांश अत्सुमाका रहेका छन् । भूकम्पमा परी झण्डै चार सय जना सामन्य घाइते भएको उत्तरी होक्काइदोका स्थानीय अधिकारीले बताएका छन् ।

गत बिहीबार ६.६ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको उत्तरी जापानको होक्काइदो द्वीप वरपर गत साता शक्तिशाली आँधी पनि आएको थियो । त्यस आँधीले पनि जनधनको ठूलो क्षति भएको थियो ।

भूकम्पबाट दर्जनौँ घर ध्वस्त भएका र अरू धेरै घरमा आंशिक क्षति पुगेको बताइएको छ । भूकम्प प्रभावित इलाकाका स्थानीय बासिन्दालाई राहात उपलब्ध गराइएको छ । बढी प्रभावित केही व्यक्तिलाई हेलिकोप्टरबाट समेत उद्धार गरिएको छ ।

सो द्वीपमा उद्वारका लागि करीब २० हजार उद्धारकर्ता परिचालित भएका सरकारका प्रवक्ता योसिहिदे सुगाले बताए । उद्धारकार्यमा हजाराँैको सङ्ख्यामा सैनिक पनि परिचालन गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार