चर्चित अमेरिकी र्‍याप गायक म्याक मिलरको निधन


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । औषधिको ओभरडोजको कारण चर्चित र्‍याप अमेरिकी गायक म्याक मिलरको २६ वर्षको उमेरमा निधन भएको छ । हलिउड खबरका अनुसार प्रसिद्ध अमेरिकी र्‍याप म्याकको क्यालिफोर्निया, लस एंजिल्स नजिकैको घरमा मृत फेला अवस्थामा फेला परेका छन् ।

म्याकको मृत्युको कारण, ड्रग्सको ओभरडिज रिपोर्ट आएको अन्तराष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।

माल्कम जेम्स म्याकोर्मिक वास्ताविक नाम रहेका मिलर सन् २०११ मा पहिलो एल्बम नै अमेरिकी चार्टको पहिलो स्थानमा पुगेपछि विश्व चर्चित बनेका थिए । उनले यो वर्षको सुरुमा आफ्नो पछिल्लो एल्बम स्विमिङ्ग बजारमा ल्याएका थिए र विश्व भ्रमणमा निस्कने तयारी थियो ।

यो वर्षको सुरुमा मिलरको प्रेमिका एसिएना ग्राण्डेसँग ब्रेकअप भएको थियो । ग्राण्डे पनि गायिका हुन् । मिलर र ग्राण्डेको सन् २०१२ मा भेट भएको थियो र उनीहरुले धेरै गीतमा सहकार्य गरे । यस्तै सन् २०१७ मा वन लभ म्यानचेस्टर कन्सर्टमा संयुक्त रुपमा प्रस्तुति दिएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार