मिस्रमा एकैचोटी ७५ जनालाई मृत्यु दण्डको सजाय


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । मिस्रको एक अदालतले एकै पटक ७५ जनालाई मृत्युको सजाय सुनाएको छ । अदालतले सन् २०१३ मा प्रदर्शन गरेको विरोधमा मुस्लिम ब्रदरहुडका प्रमुख नेता समेत गरी ७५ जनालाई मृत्यु दण्डको सजाय  सुनाएको हो ।

एक अदालतका अनुसार ७३९ जना अभियुक्त मध्ये ४६ जनालाई जीवन काराबासको सजाय सुनाएको छ । जीवन काराबासको सजाय भोग्नेहरुमा हत्या तथा सम्पत्ति नोक्सान गरेको आरोप लागेको छ । उनीहरुले प्रदर्शन तत्कालीन राष्ट्रपति और मुस्लिम ब्रदरहुडका नेता मोहम्मद मुर्सीको समर्थनमा गरेका थिए ।

अदालतले यो मामिलामा एक जना फोटो पत्रकार महमूद अबु जैदलाई पनि ५ बर्षको कैद सजाय सुनाएको छ । प्रदर्शनका बेला सुरक्षा बल तथा अपदस्थ राष्ट्रपति मोहम्मद मुर्सीको समर्थनमा समाचार प्रकाशित गरेको आरोप छ ।

सोही प्रदर्शनका बेला सुरक्षा बलको कारर्बाहीमा परी करिव ६०० जना सर्वसाधारणको मृत्यु भएको थियो । एजेन्सी

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार