जापानमा भूकम्प : मृत्यु हुनेहरुको संख्या ४० पुग्यो



नेपालबहस संवाददाता
 




  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

टोकियो । जापानमा शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेहरुको संख्या आइतबार सम्ममा ४० पुगेको छ । भूकम्पबाट २ जना अझै बेपत्ता भएको बताइएको छ । भूकम्पबाट प्रभावित दशौँ हजारलाई उद्धार गरिएको सरकारी अधिकारीले जानकारी दिएका छन् ।

मृत्यु भएकामध्ये अधिकांश अत्सुमाका रहेका छन् । भूकम्पमा परी झण्डै चार सय जना सामन्य घाइते भएको उत्तरी होक्काइदोका स्थानीय अधिकारीले बताएका छन् । अहिले सो क्षेत्रमा बिजुली र रेल सेवा बन्द भएको छ ।

गत बिहीबार ६।६ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको उत्तरी जापानको होक्काइदो द्वीप वरपर गत साता शक्तिशाली आँधी पनि आएको थियो । त्यस आँधीले पनि जनधनको ठूलो क्षति भएको थियो ।


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •