पेट्रोलको मुल्य वृद्धिको विरोधमा भारत बन्द


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । डिजेल पेट्रोलको भाउ बढेको विरुद्धमा आज भारतको राजधानी नयाँ दिल्ली बन्द भएको छ । भारतीय निगमले पेट्रोल र डिजेलको मुल्य बढाएको विरुद्धमा आज कांग्रेसले बन्दको आयोजना गरेको हो । यसमा अन्य विपक्ष दलको पनि सहभागिता  रहेको छ ।

पछिल्लो केही दिनदेखि लगातार रुपमा मुल्य वृद्धि भैइरहेको छ । आइतबार पनि निगमले पेट्रोलको १२ पैसा र डिजेलको १० पैसा मुल्य बढाएको हो ।

सेवाग्राहीका अनुसार कुनै ठाउँमा प्रति लिटर पेट्रोलको भाउ ८० तोकिएको छ भने दिल्लीमा मात्र प्रति लिटर ८०.५० तोकिएको छ । दैनिक अतिआवश्यक रहेको ग्यास, पेट्रोल र डिजेलमा भाउ बढेपछि आम उपभोक्ता समेत मारमा परेको भारतीय कांग्रेस महासचिव शकील अहमदले बताए ।

भारत बन्दको प्रमुख असर बिहार, राजस्थान, महाराष्ट्र, मध्यप्रदेश, छत्तिसगढ, ओडिशा, आन्ध्रप्रदेश, तेलंगाना र कर्नाटकमा देखिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । बन्दका कारण पूर्वी तटवर्ति रेल्वे जोनले १२ वटा रेल बन्द गर्‍यो ।

आज बन्द गर्दा पनि मुल्य वृद्धि फिर्ता नभए कडा भन्दा कडा आदोलनमा उत्रने महासचिव अहमदले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार