पेरिसमा चक्कु प्रहार, सात जना घाइते



नेपालबहस संवाददाता
 




Share This
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

पेरिस । पेरिसमा गएराति एक व्यक्तिको चक्कु प्रहारबाट दुई जना बेलायती पर्यटक सहित सात जनालाई घाइते भएका छन् । पीडितमध्ये चार जनाको अवस्था अत्यन्त गम्भीर रहेको प्रहरीले जनाएको छ ।

आक्रमणकारी अफगानी नागरिक रहेको अनुमान गरिएको छ र उनलाई प्रहरीले पक्राउ गरेको छ । उक्त घटना आतङ्ककारी हमला हो होइन भन्ने एकिन नभएको प्रहरीले जनाएको छ ।

पेरिसको उत्तरी इलाका बास्सिन डे ला भिलेट स्थानीयबासीका साथै पर्यटकहरुको राम्रै जमघट हुने स्थान हो । यहाँ बैंकहरु, कफी पसल, चलचित्र प्रदर्शन स्थल र अरु सांस्कृतिक स्थलहरु रहेका छन् ।

प्रत्यक्षदर्शी युसुफ नजाहले एकजना व्यक्ति २५–३० सेन्टिमिटर लामो चक्कु बोकेर दौडिएर मानिसहरुतिर आएको आफूले देखेको बताए ।


Share This
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •