पेट्रोलको मुल्यवृद्धिको विरोध गर्ने ११५ जना पक्राउ


Share This

नेपालबहस संवाददाता    

 

भूपाल, भारत । पेट्रोलियम पदार्थको मुल्यवृद्धि विरोधमा प्रदर्शन गर्ने ११५ जनालाई भारतको मध्यप्रदेशबाट पक्राउ गरेको छ । पक्राउ परेका सबै जना एकदिने भारत बन्द आयोजना गरेका आन्दोलनकारीहरू भएको भारतीय संचार माध्यमले जनाएका छन् ।

पेट्रोलियम पदार्थमा सरकारले मृल्य बुद्धि गरेकाले त्यसलाई घटाउन माग गर्दै विरोधस्वरूप बन्द आयोजना गरिएको आन्दोलनकारीको भनाई छ ।

भारतको प्रमुख प्रतिपक्षी दल भारतीय कांग्रेसले आज देशव्यापी विरोध प्रदर्शनको आयोजना गरेको थियो । पेट्रोलियम पदार्थको मुल्यवृद्धि मात्रै नभई भारतीय रूपैयाँको मूल्य घटेको विरोधमा पनि विरोध कार्यक्रम आयोजना गरिएको हो।

कांग्रेसका धेरै नेताले आन्दोलनमा सहभागी हुन आम नागरिक र व्यापारीहरूलाई पनि आह्वान गरेका थिए । प्रदर्शनकारीहरूले कतिपय पेट्रोल पम्प र अन्य व्यापारिक प्रतिष्ठानहरूमा पनि तोडफोड गरेका छन् ।

प्रदेशका प्रहरी महानिरीक्षक मक्रान्द डेउस्करले कानूनको कार्यान्वयन गराउने सिलसिलामा ११० देखि ११५ जनासम्मलाई पक्राउ गरिएको बताए ।

तपाईको प्रतिक्रिया