सम्झनामा विश्व हल्लाउने हमलाका ११ प्रश्न


Share This

नेपालबहस संवाददाता    

अमेरिका । आज सेप्टेम्बर ११  पन्ध्र वर्षअगाडि आजकै दिन संयुक्त राज्य अमेरिकामा भएको आतंकवादी आक्रमणले विश्व राजनीतिकै परिदृश्यमा आमूल परिवर्तन ल्याइदियो ।

‘आतंकवाद विरोधी आक्रमण वाक्यांश विश्व राजनीतिमा प्रवेश गर्‌यो । यही नाममै अफगानिस्तान, इराक र लिबियामा अमेरिकी आक्रमण भयो ।’ ९ – ११ भनेर जनाइने यो घटनाले आतंकवाद के हो रु के होइन रु भन्ने बहस विश्वभर सिर्जना गरिदियो ।

आज पनि विश्व समुदाय दुई भागमा विभाजित छ । एकातर्फ आतंकवादको नाममा सिंगो मुस्लिम समुदायविरुद्ध ज्यादती गरिएको आरोप छ भने अर्कोतर्फ आतंकवादलाई समूल नष्ट गर्ने नाममा चलाइएको युद्ध जीवित छ । यसै प्रसंगमा रिक जर्भिसले युएसए टुडेको सेप्टेम्बर ९ को अंकमा तयार पारेको प्रश्नोत्तरको अनुवादः

के भएको थियो सेप्टेम्बर ११, २००१ मा ?
१९ जना अपहरणकारीले इन्धन भरिएका चारवटा अमेरिकी व्यावसायिक जहाजहरू अपहरण गरेर न्यु योर्कमा अवस्थित वर्ल्ड टावर सेन्टरुका जुम्ल्याहा भवन, वासिङटनमा अवस्थित अमेरिकी सरकारको परराष्ट्र मन्त्रालय रहेको पेन्टागन र पेन्सिल्भानियामा रहेको स्यांक्सभिलेमा ठोकाएका थिए।

हताहती कति भएको थियो ?
आक्रमणमा जम्माजम्मी दुई हजार नौ सय ९६ जनाको मृत्यु भएको थियो ।

यस आक्रमण पछाडि कसको हात थियो ? किन ?
यो आक्रमणको जिम्मा आतंककारी संगठन अल कायदाले लिएको थियो । संयुक्त राज्य अमेरिकाविरुद्ध धर्म युद्ध घोषणा गरेका अल कायदका नेता ओसामा विन लादेन अपहरणकारीका सञ्चालक मानिए । १९ जना अपहरणकारीमध्ये १५ जना साउदी अरेबियाका थिए । बाँकी युएई, इजिप्ट र लेबनानका थिए ।

‘वर्ल्ड ट्रेड सेन्टर’ के थियो ?
लोवर म्यानहट्टनमा अवस्थित वल्र्ड ट्रेड सेन्टर सातवटा भवन रहेको कम्प्लेक्स थियो । यसमा व्यावसायिक संस्थाका कार्यालयहरु थिए । १९७० को दशकमा निर्माण गरिएको यो कम्प्लेक्समा १३ सय फिट उचाइसम्मका जुम्ल्याहा भवनहरू विश्वकै अग्ला भवन मानिन्थे ।

के ९-११ नै वर्ल्ड ट्रेड सेन्टरमा गरिएको पहिलो आक्रमण थियो ?
अहँ । १९९३मा पनि आतंककारीहरूले कम्प्लेक्सको भूमिगत ग्यारेजमा एक बम भरिएको एक ट्रक राखेका थिए । उक्त विस्फोटमा ६ जनाको मृत्यु भएको थियो भने एक हजारभन्दा बढी घाइते भएका थिए । तर जुम्ल्याहा भवनहरू यथावत् रहे । अमेरिकी गुप्तचर संस्था एफबिआईले पछि उक्त बम आक्रमणका पछाडि जिम्मेवार इस्लामी आतंककारीहरूलाई गिरफ्तार गरेको थियो ।

के आक्रमण अमेरिकाका लागि अप्रत्याशित थियो वा जासुसी संस्थाहरूले केही संकेत गरेका थिए ?
९ – ११ आक्रमण हुनुभन्दा पहिले कुनै ठूलै आक्रमण हुने संकेत गर्नेखालका केही घटना भएका थिए । १९९३ मा वर्ल्ड ट्रेड सेन्टरमै माथि उल्लिखित आक्रमण भएको थियो ।

१९९८ मा केन्या र तान्जानियामा अवस्थित अमेरिकी दूतावासहरूमा बम आक्रमण भएको थियो । सिआइएले ९र११ का आक्रमणकारीमध्ये केहीलाई पहिलेदेखि नै पछ्याइरहेको पनि । संदिग्धको घेरामा राखेको पनि थियो तर अधिकारीहरूले यसतर्फ आवश्यक कदम चालेनन् ।

उक्त जहाज कहाँ लक्षित थियो ?
चारवटै जहाजमा अपहरणकारीहरूले ककपिटमा छिरेर बक्स कटर लगायतका घरेलु सामानहरूकै भरमा चालकहरूलाई नियन्त्रणमा लिए । स्यांक्सभिलेमाथि उडिरहेको युनाइटेड एयरलाइन्स ९३ मा यात्रुले ककपिटभित्र प्रवेश गरी अपहरणकारीलाई नियन्त्रणमा लिएर मार्न सफल भए । अन्यथा उक्त प्लेन ह्वाइट हाउस वा क्यापिटल बिल्डिङप्रति लक्षित थियो ।

यो आक्रमणको एक महिनाभित्र नै अमेरिका र उसका मित्रराष्ट्रहरूले अफगानिस्तानमाथि किन आक्रमण गरे ?
यो आक्रमणको जिम्मा लिइरहेको अल कायदालाई १९९६ देखि अफगानिस्तानमा शासन गरिरहेको इस्लामिक अतिवादी तालिवानले आश्रय दिइरहेको थियो ।

त्यसैले अमेरिकी कंग्रेसको सहमतिमा तत्कालीन राष्ट्रपति जर्ज डब्लु बुसले अफगानिस्तानमाथि आक्रमण गरी अल कायदालाई सखाप पार्ने र तालिवानलाई शक्तिबाट हत्याउने घोषणा गरे ।

यो घटनाले अमेरिकालाई कसरी इराक युद्धतर्फ धकेल्यो ?
९-११ आक्रमणको सन्दर्भलाई लिएर बुस प्रशासनले अल कायदा र इराकी जासुसी संस्थाबीच सहकार्य रहेको आरोप लगायो । बुस प्रशासनले इराकमा आम नरसंहारकारी हतियार, खासगरी जैविक हतियारको प्रयोगशाला नै रहेको दाबी गर्‌यो । तर इराकमाथि आक्रमण र नियन्त्रणपछि ती केही पनि फेला परेनन् ।

ओसामा बिन लादेन फेला पार्न अमेरिकालाई कति समय लाग्यो ?
यस घटनापछि ओसामा बिन लादेनलाई फेला पार्न अमेरिकालाई झण्डै दस वर्ष लाग्यो जब कि लादेनको टाउको ल्याउनेलाई २ करोड ५० लाख अमेरिकी डलर दिने घोषणा गरिएको थियो । २०११ मे २ का दिन अमेरिकी जलसेनाको एक टुकडीले पाकिस्तानको एबोटावादमा रहेको लादेनको गुप्तकक्षमा आक्रमण गरी उनीसहित उनका सुरक्षाकर्मीको हत्या गर्‌यो ।

आक्रमण भएका ती ठाउँमा अहिले के छ ?
वर्ल्ड ट्रेड सेन्टर रहेको ठाउँमा अहिले ‘नेसनल सेप्टेम्बर ११ मेमोरियलल्यान्ड म्युजियमु र १ हजार सात सय ७६ फुट अग्लो एक वल्र्ड ट्रेड सेन्टर छ । पेन्टागनमा भने बहिरंग स्मृति केन्द्र छ ।

यो घटनापछि अमेरिका कसरी फेरियो ?
यो घटनाले संयुक्त राज्य अमेरिकाको मात्र नभई सिंगो विश्वकै ध्यान आतंकवादविरुद्ध केन्द्रित भयो । आतंकवादविरुद्धको लडाइँलाई केन्द्रमा राखियो ।

के अमेरिकामा फेरि यस्तै आक्रमण हुने सम्भावना छ ?
असम्भवै त छैन तर गाह्रो भने छ । सुरक्षा संयन्त्र निकै बलियो भइसकेको छ ।

रिक जर्भिस : युएसए टुडे

तपाईको प्रतिक्रिया