म्यानमारमा जेलको ढोका फोडेर ४१ जना कैदी फरार



नेपालबहस संवाददाता
 




Share This
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

म्यानमार । म्यानमारको एउटा जेलमा रहेका दर्जनौं कैदीहरु आइतबार जेल तोडेर भागेका छन् । आइतबार बिहान कारेन राज्यको हा–आन कारागारका कैदीहरुले एउटा ट्रक नियन्त्रणमा लिई जेलको ढोका फोडेर भागेको अधिकारीहरुले बताएका छन् ।

अधिकारीहरुका अनुसार कैदीहरुको आक्रमणबाट जेलर घाइते भएका थिए । कैदीहरुले सोही ट्रक लिएर फरार भएका छन् । कारेन राज्यका प्रहरी प्रमुख औङ म्याट मोइले जेलबाट ४१ जना कैदीहरु भागेको जानकारी दिए ।

तीन जनालाई भने पुनः प्रक्राउ गर्न सफल भएको पनि उनले बताए । आक्रमण भएको जेलमा झण्डै दुई हजार कैदीहरु रहेका छन् ।


Share This
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •