भारतीय प्रधानमन्त्री मोदी आजदेखि ६८ बर्षमा प्रवेश


Share This

नेपालबहस संवाददाता    

नयाँ दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आज जन्मदिन परेको छ । मोदीले जन्मदिनको अवसरमा काशीका मानिसहरूलाई ५५७.४० करोड रुपैयाँ उपहार दिने भएका छन् ।

आजका दिन देखि मोदी ६८ बर्षमा प्रवेश गरेका छन् । काशीमा जन्मदिन मनाउन जान लागेका मोदीलाई स्वागत गर्न राज्यपाल राम नाई र मुख्यमन्त्री योगी आदित्यनाथ आजै वाराणसीमा जादै छन् ।

मोदी आज साँझ ५ बजेसम्म बेबपुर विमानस्थल पुग्ने कार्यक्रम रहेको छ । जन्मदिनकै अवसरमा मोदीले वैध विज्ञान केन्द्र, वायुमण्डलीय क्षेत्रीय संस्थान र चोलपुर विवेन्द्रन्द्रको आधारभूत भवन निर्माणको शिलन्यास गर्ने बताइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार