fbpx

माइक्रोनेसियामा समुद्रमै हवाईजहाज अवतरण, ४७ यात्रुको उद्दार


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । प्रशान्त महासागरको माइक्रोनेसियामा एउटा हवाईजहाजलाई समुद्रमै अवतरण गराइएको छ । जहाजका पाइलट यसलाई चुक इन्टरनेसनल एयरपोर्टको धावनमार्गमा अवतरण गराउन चुकेका थिए ।

पपुवा न्यूगिनीको एयर न्युगिनीको यो जहाजबाट ३६ जना यात्रु र ११ जना चालक दलका सदस्यलाई उद्दार गरिएको छ । जहाज अवतरण हुनासाथ समुद्रमा रहेका डुंगाहरु उद्दारका लागि आएका थिए ।

एक उद्दारकर्ताले भने, ‘हामी जहाज नजिक पुग्दा भित्र कोलाहल थियो । यात्रुहरु बाहिर निस्किन तँछाडमछाड गरिरहेका थिए । तर, २० वटा डुंगा त्यहाँ पुगेको हुनाले सबैलाई उद्दार गर्न सफल भयौं ।’

विमानबाट निस्किन सफल एक यात्रुका अनुसार विमानभित्र कम्मरसम्म पानी पसिसकेको थियो । ‘विमान अवतरण हुँदा ड्याङ्ग गरेको थियो, मैले धावन मार्गमा नै अवतरण भएको सोचेँ । तर बाहिर हेर्दा थाहा भयो कि हामी समुद्रमा थियौं,’ उनले भने ।

उद्दार गरिएका यात्रुहरुलाई नजिकैको अस्पताल भर्ना गरिएको छ । उनीहरुमध्ये तीन जनाको अवस्था नाजुक रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार