fbpx

इण्डोनेशियामा भूकम्पपछिको सुनामीमा मृत्यु हुनेको संख्या चार सयभन्दा बढी


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । इण्डोनेशियाको पालु नगर वरपर चार सयभन्दा बढी मानिसको ज्यान जानेगरी गएको भूकम्पपछि शक्तिशाली परकम्पहरू आउनेक्रम जारी रहेको छ।

भूकम्प र त्यसपछि समुद्री तट क्षेत्रमा आएको सुनामीका कारण ५०० जना भन्दा बढी घाइते भएका छन्। पालु नगरमा भवनका भग्नावशेषहरूमा कयौँ मानिसहरू हराइरहेका अन्तराष्ट्रिय समाचार एजेन्सीहरुले जनाएका छन् ।

A Indonesian bridge destroyed by a tsunami

ज्यान गुमाएका मानिसका शवहरू सडकमा अस्तव्यस्त रुपमा रहेका छन्। अस्पताल भवनहरूमा क्षति पुगेकोले घाइतेहरूको उपचार त्रिपालहरूमा भइरहको छ।

उद्धारकर्ताहरू क्षतिग्रस्त भवनका भग्नावशेषमा च्यापिएका मानिसहरूलाई उद्धार गरी रहेका छन् । भूकम्पका बेला पालु विमानस्थलबाट एक उडानलाई सुरक्षित रूपमा उडाउने कार्यमा लागेका एक हवाई उडान नियन्त्रकको समेत ज्यान गएको बताइएको छ।

पालुको नक्सा

पालु नगर बाहिर भूकम्प र सुनामीले पुर्याएको क्षतिबारे प्रष्ट जानकारी प्राप्त भएको छैन। भूकम्पबाट बाच्न सफल मानिसहरूले शनिवारको रात आकासमुनि सुतेर बिताएका एक अधिकारीले बताएका छन् ।

रातभर खटिएका उद्धारकर्ताहरूले भूकम्पपछि भत्किएको आठ तले होटलको भग्नावशेषबाट २४ जनालाई बाहिर निकालेका छन्।भवनभित्रबाट बचाउनका लागि मानिसहरूले आवाज निकाले पनि उद्धारकर्ताहरूसँग खन्ने र तान्ने उपयुक्त उपकरणको अभाव छ।

An Indonesian man hugs his daughter after an earthquake

अधिकारीहरूले मृतकहरूको संख्या अझै बढ्न सक्ने चिन्ता व्यक्त गरेका छन्। अवरुद्ध सडक र भत्किएका पुलहरूका कारण उद्धार प्रयासमा बाधा पुगिरहेको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार