fbpx

सुनामीले मृत्यु भएकालाई सामूहिक चिहानमा गाड्ने तयारी


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । भूकम्प र सुनामीका कारण ठूलो सङ्ख्यामा मानिसहरूको ज्यान गएपछि इण्डोनेशियामा उनीहरूलाई सामूहिक चिहानमा गाड्ने तयारी शुरू भएको छ ।

भुकम्पपछि आएको आएको सुनामीका कारण धेरै जना हताहत भएपछि रोगहरू फैलनसक्ने भयका कारण सामूहिक चिहानमा गाड्ने तयारी शुरू भएको अधिकारीले बताएका छन् ।

शुक्रवार भूकम्प र त्यसपछि सुनामी आएको इण्डोनेशियाको पालु नगरमा ठूलो मात्रामा क्षति पुगेका तस्बिरहरू आइरहेका छन्। अहिलेसम्म कम्तीमा ८ सय ३२ जनाको ज्यान गएको पुष्टि भएको छ।

राष्ट्रिय विपद् निकायका प्रवक्ता सुतोपफ पूर्वो नुग्रोहोले भने, सञ्चार सीमित छ र भारी उपकरणहरू पनि सीमित छन्। जति भवनहरू भत्किएका छन् त्यसका लागि भएका उपकरणहरू पर्याप्त छैनन्।

शुक्रवार ७.५ म्याग्निच्यूडको भूकम्प गएपछि सुनामी आउनसक्ने भनी सतर्क गराइएको थियो तर सुनामीको ठूला छाल आउँदा पनि त्यो जारी थियो की थिएन भन्ने चाहिँ स्पष्ट छैन।

इण्डोनेशियाका राष्ट्रपति जोको विडोडोले प्रभावित क्षेत्रको भ्रमण गरेका छन् र बाँचेकाहरूको उद्धारका लागि दिनरात प्रयास गर्न भनेका छन्।

विडोडोले विपद्पछिको राहतका लागि अन्तर्राष्ट्रिय सहायता स्वीकार गरेको पनि इण्डोनेशियाको लगानी बोर्डका प्रमुख थोमस लेम्बोङले सोमवार ट्विटरमा बताएका छन्।

यो पनि पढ्नुस :

इन्डोनेसियामा भूकम्प, सुनामी आउन सक्ने संभावना !

इण्डोनेशियामा भूकम्पपछि सुनामी : ५० जनाको मृत्यु

 

तपाईको प्रतिक्रिया