fbpx

पूर्वी अफगानिस्तानमा २१ जना लडाकू मारिए


Share This

नेपालबहस संवाददाता    

जलालाबाद । इस्लामिक स्टेट्ससँग आबद्ध कम्तीमा २१ जना लडाकूहरु अफगानिस्तानको पूर्वी नान्गरहर प्रान्तमा ड्रोन आक्रमणमा मारिएका छन् ।

प्रहरीका अनुसार मानवबिहीन ड्रोनले प्रान्तको खोजिआनी जिल्लामा लुकेर बसेका लडाकूमाथि आक्रमण गरेका थिए । आक्रमणमा स्थानीय कमान्डरहरु मलाङ र कारी दाउद समेतका लडाकू मारिएका छन् । आइएसले भने आक्रमणको क्षतिबारेमा कुनै प्रतिक्रिया दिएको छैन ।

सडक दुर्घटनामा ६ जनाको मृत्यु

उत्तर भारतीय राज्य उत्तर प्रदेशमा सडक दुर्घटनामा परी ६ जनाको मृत्यु भएको छ । ट्रकले पछाडिको भागबाट एक बसले ठक्कर दिएपछि भएको दुर्घटनामा कम्तीमा छ व्यक्तिको मृत्यु हुनुको साथै अन्य तीन घाइते भएका छन ।

प्रहरी स्रोतले सोमबार सो जानकारी दिएको छ । प्रान्तीय राजधानी लखनउबाट करिब २ सय किलोमिटर टाढा रहेको इलाकामा सो घटना भएको थियो ।

यो बस अल्लाहबाद सरहबाट गोरखपुर जिल्लातर्फ गईरहेको बताइएको छ । यस दुर्घटनाको अनुसन्धान जारी रहेको बताइएको छ ।

तपाईको प्रतिक्रिया