fbpx

मोदी बने ‘च्याम्पियन्स अफ् द अर्थ’


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई संयुक्त राष्ट संघले ‘च्याम्पियन्स अफ् द अर्थ’ अवार्डले सम्मान गरेको छ । संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरसले दिल्ली आएरै प्रधानमन्त्री मोदीलाई अर्वाड दिएका हुन् ।

अवार्ड ग्रहण गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफूले पाएको सम्मान पर्यावरणको सुरक्षाका लागि सवा सय करोड भारतीय नागरिकको प्रतिवद्धताका लागि भएको बताए ।

भारतीय प्रधानमन्त्री मोदी र फ्रान्सेली राष्ट्रपति इम्मानुएल म्याक्रोनलाई अनुकरणीय नेतृत्त तथा जलवायु परिवर्तन रोकथामका लागि विशेष पहल गरेको भन्दै यो प्रतिष्ठित पुरस्कारले सम्मान गरिएको हो ।

सेप्टेम्बर २६ अमेरिकाको न्यूयोर्कमा संयुक्त राष्ट्रसंघको ७३ औँ महासभामा यो पुरस्कारको घोषणा गरिएको थियो । यो पुरस्कार राजनीतिक नेतृत्व, नागरिक समान तथा पर्यावरणमा सकारात्मक प्रभाव पार्ने खालको काम गर्ने व्यक्तिलाई प्रदान गरिन्छ ।

यो वर्ष संयुक्त राष्ट्र संघको तर्फबाट भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, फ्रान्सेली राष्ट्रपति इम्मानुएल म्याक्रोन, जोआन कार्लिङ, चीनको जिनजिआङ प्रान्तको ग्रामिण विकास कार्यक्रम, केरलको कोच्ची अन्तर्राष्ट्रिय विमानस्थल, बियोन्ड मिट र इम्पोसिबल फूड्सलाई प्रदान गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार