fbpx

अमेरिकामा अन्धाधुन्दा गोली चल्दा १ प्रहरी अधिकारीको मृत्यु, ६ जना घाइते


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । अमेरिकामा प्रहरी अधिकारीमाथि अन्धाधुन्ध गोली प्रहार भएको छ । बन्धक बालबालिका छुटाउन गएको टोलीमाथि गोली प्रहार हुँदा १ जनाको मृत्यु भएको छ ।  ६ जना प्रहरी घाइते भएका छन् ।

बन्धक बनाइएका बालबालिका भने सकुशल उद्धार गरिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिण क्लालिफोर्नियाका गभर्नर हेनरी क्याकमास्टरलाई उद्धृत गर्दै प्रहरीमाथि बन्धुकधारीले गोली प्रहार गरेको पुष्टि गरेका छन् ।

घाइतेको अहिले उपचार भइरहेको छ । तीमध्ये १ को अवस्था गम्भीर रहेको बताइएको छ । बालिका बन्धक बनाउनेको पहिचानसँगै त्यसो गर्नुको कारण अहिलेसम्म नखुलेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

नियन्त्रणमा लिइएका बन्दुकधारीमाथि अहिले अनुसन्धान भइरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार