fbpx

रुसमा दुई बस ठोक्किँदा १३ जनाको मृत्यु, दुईजना घाइते


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । रुसको उत्तरपश्चिमी राजमार्गमा शुक्रवार दुई बस ठोक्किँदा १३ जनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् ।

प्रादेशिक गृह मन्त्रालयका प्रवक्ता वादिम लेवशिनले एक मिनीबस आफ्नो लेनबाहिर गएर अर्को ठूलो बससँग ठोक्किएपछि दुर्घटना भएको बताए । त्वेर शहरबाहिर यो दुर्घटना भएको थियो ।

लेवशिनका अनुसार, मर्ने सबै १३ जना मिनीबसयात्री थिए । दुई घाइतेलाई अस्पतालमा धर्ना गरिएको छ । एजेन्सी

तपाईको प्रतिक्रिया