fbpx

र्‍यान्डी बेरी नेपालका लागि अमेरिकी राजदूत नियुक्त


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । नेपालका लागि अमेरिकी राजदूतमा र्‍यान्डी बेरी नियुक्त भएको नेपाल स्थित अमेरिकन राजदुतावासले जानकारी दिएको छ ।

अमेरिकी दूतावासले उसको फेसबुक पेजमा लेखेको छ, ‘नेपालको लागि नयाँ अमेरिकी राजदूतको रूपमा अक्टोबर ३ मा शपथ लिनुभएका र्‍यान्डी बेरीलाई हार्दिक बधाई। यसअघि पनि वहाँले डेपुटी चिफ अफ मिसनको रूपमा सन् २००७ देखि २००९ सम्म काम गरीसक्नुभएको छ । नवनियुक्त राजदूत बेरीलाई नेपालमा स्वागत गर्न दूतावास परिवार एकदमै उत्सुक छौं। हामी वहाँको आगमनको पर्खाइमा छौं।’

बेरीले सन् २००७ देखि २००९सम्म नेपालस्थित अमेरिकी दूतावासमा ‘डेपुटी चिफ अफ मिसन’का रूपमा काम गरेका थिए। सन् १९९३ मा अमेरिकाको परराष्ट्र सेवामा प्रवेश गरेका बेरीले बंगलादेश, दक्षिण अफ्रिका, इजिप्ट, र युगाण्डास्थित अमेरिकी नियोगमा कुटनीतिज्ञको भूमिका निर्वाह गरिसकेका छन्। बेरी न्युजिल्याण्डमा कन्सुल जनरल पनि थिए। उनी समलंगी अधिकारकर्मी पनि हुन् ।

यसअघिका राष्ट्रपति बाराक ओबामाले उनलाई अमेरिकाको समलिंगी अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय दूत नियुक्त गरेपछि थप चर्चामा आएका थिए।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार