पपुवा न्यु गिनीमा शक्तिशाली भूकम्प


Share This

नेपालबहस संवाददाता    

सिड्नी । पपुवा न्यु गिनीमा बिहीबार बिहान सबेरै ७.१ म्याग्नीच्युडको शक्तिशाली भूकम्प गएको छ । सो भूकम्पपछि आज बिहान ९ बजे ६।२ म्याग्नीच्युडको अर्को शक्तिशाली परकम्प पनि गएको बताइएको छ ।

पहिलो शक्तिशाली भूकम्प र पछिल्लो परकम्पपछि उद्धार कार्य थालिएको समाचारमा उल्लेख गरिएको छ । तर मानवीय क्षतिको बारेमा भने कुनै समाचार प्राप्त भएको छैन ।

यस भूकम्पको जानकारी चिनियाँ भूकम्प केन्द्रले दिएको छ ।  पपुवा न्यु गिनीको पूर्वतर्फ रहको न्यु ब्रिटेन द्वीपनजिकैे ८० किलोमिटर गहिराइमा सो भूकम्पको केन्द्रबिन्दु रहेको जनाइएको छ ।

प्रशान्त महासागरीय सुनामी चेतावनी केन्द्रले सुनामीको चेतावनी दिएको भएपनि केही समयपछि सुनामीको खतरा नरहेको बताइएको छ ।

तपाईको प्रतिक्रिया
Road Show Real State