बुवा बन्दै राजकुमार ह्यारी


Share This

नेपालबहस संवाददाता    

एजेन्सी । बेलायती राजकुमारी मेघान मर्केल गर्भवती भएकी छिन् । राजकुमार ह्यारीकी पत्नी मेघानले अर्को वर्षको वसन्त ऋतुमा शिशु जन्माउने बेलायती राजदरबारले सोमबार जनाएको हो ।

‘राजकुमार र राजकुमारीलाई आउँदो सन् २०१९ को वसन्तमा सन्तान लाभ हुने भएको छ,’ बेलायती राजदरबार केन्सिङ्टनद्वारा जारी वक्तव्यमा भनिएको छ । राजकुमार ह्यारी र अमेरिकी पूर्वअभिनेत्री मेघानबीच गत मे १९ मा विवाह भएको थियो ।

राजधानी लन्डनभन्दा झन्डै ३० किलोमिटर पश्चिममा रहेको विन्डसोर क्यासल ‘दरबार’को सेन्ट जोर्जेज च्यापलमा आयोजना गरिएको वैवाहिक समारोहमा विश्वभरका करिब ६ सय विशिष्ट पाहुना सहभागी भएका थिए ।

विवाह समारोहमा ३३ वर्षीय राजकुमार ह्यारी र ३७ वर्षीया मर्केलले सँगै जिउने वाचा गर्दै एक–आपसमा औँठी साटेका थिए । सन् २०१६ को जुलाईदेखिको प्रेमसम्बन्धलाई उनीहरूले वैवाहिक जीवनमा रूपान्तरण गरेका थिए ।

राजगद्दीको उत्तराधिकारीको पाँचौँ रोलक्रममा रहेका राजकुमार ह्यारी गत वर्षको सेप्टेम्बर महिनामा पहिलोपटक मेघानसँग सार्वजनिक रूपमा देखिएका थिए ।

तपाईको प्रतिक्रिया
Road Show Real State