चीन बन्यो सबै भन्दा धेरै आइसक्रिम उत्पादन गर्ने देश, श्रीलङ्कामा सय जना कामदार विरामी


Share This

नेपालबहस संवाददाता    

२६ असोज, काठमाडौं । अमेरिकालाई समेत पछि पार्दै चीन विश्वकै सवै भन्दा धेरै आइसक्रिम उत्पादन गर्ने देश बनेको छ ।
उत्तरी चीनको तियानजीन शहरमा चलेको एउटा औद्योगिक प्रदर्शनीमा हालै मात्र यस्तो तथ्यांक सार्वजनिक गरिएको हो ।

सन् २०१६ मा चीनको मुख्य आइसक्रिम उत्पादन गर्ने कारखानाबाट ३३ लाख टन आइसक्रिम उत्पादन गरेको यस सम्बन्धी संस्था ‘चाइना एसोसिएसन अफ बेकरी एण्ड कन्फेक्सनरी इन्डस्ट्री’का प्रवक्ताले जानकारी दिएका छन् ।

उनले गत बर्ष चीनले अमेरिकाले भन्दा धेरै आइसक्रिम उत्पादन गरेको दावी गरे ।

बीस बर्ष अगाडी चीनमा हरेक व्यक्तिलाई एक लिटर आइसक्रिम पुग्थ्यो भने सन् २०१६ मा त्यो मात्रा बढेर तीन लिटरमा पुगेको छ ।

“अन्य विकसित देशको तुलनामा चीनमा आइसक्रिम उत्पादन गर्ने उद्योगहरू नयाँ नै छन्, त्यसैगरी घरघरमा पनि ठूलो मात्रामा उत्पादन हुन्छ,” उद्योगीहरूको एसोसिएसनका निर्देशक झु निअन्लीनले भने।

यस बर्ष मात्रै चीनले चार सय ओटा आइसक्रिम प्रदर्शनी संचालन गरेको छ ।

विषाक्त खानाका कारण श्रीलङ्कामा सय जना कामदार विरामी

श्रीलङकाको एउटा कपडा उद्योगमा काम गर्ने एक सय जना भन्दा बढी मजदुरहरु बिहीबार विरामी भएका छन् ।
विषाक्ता खानाका कारण विरामी भएका उनीहरुलाई उपचारका लागि अस्पतालमा भर्ना गरिएको प्रहरी अधिकारीहरुले जानकारी दिएका छन् ।

कान्डीमा उद्योगले उपलब्ध गराएको विहानको खाजा खाएपछि मजदुरहरु एकएक धमाधम विरामी हुन थालेका थिए ।

खाजा खानेवित्तिकै आफुहरुलाई पेट दुख्ने, असजिलो महशुष हुने, बान्ता हुने लगायतका समस्याहरु देखा परेको उनीहरुले बताएका छन् ।

विरामी भएपछि उपचारका लागि उनीहरुलाई तत्काल कान्डी जनरल अस्पतालमा लगिएको प्रहरीले बताएको छ ।

घटनाका बारेमा थप अनुसन्धन भईरहेको प्रहरीको भनाई छ । यस महिना यस्तै घटना भएको यो दोस्रो हो ।

झण्डै दुई सय जना मजदुर कार्यरत अर्को कपडा उद्योगमा पनि गत अक्टोबर ४ मा यस्तै घटना भएको थियो । विहानको खाना खाएपछि उनीहरु विरामी भएका थिए ।

तपाईको प्रतिक्रिया
Road Show Real State

सम्बन्धित समाचार