अमेरिकी महान्यायधिवक्ता सेसन बर्खास्त


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले महान्यायाधिवक्ता जेफ सेसन्सलाई बर्खास्त गरेका छन्। बुधबार ट्विट गर्दै ट्रम्पले उनलाई बर्खास्त गरेको जानकारी दिएका हुन्।

ट्रम्पले सो पदमा म्याथ्यु ह्वीटेकरलाई नियुक्त गरेका छन्। ट्विट मार्फत राष्ट्रपति ट्रम्पले सेसन्सले पुर्याएको सेवाका लागि धन्यवाद व्यक्त गर्दै उनको सफलताको कामना समेत गरेका छन्। बर्खास्त भएका जेफरसनले आफुले ट्रम्पको आग्रहमा राजिनामा दिएको उल्लेख गरेका छन्।

अमेरिकी चुनावमा रुसको हस्तक्षेपसम्बन्धी अनुसन्धान प्रक्रियामा कानून कार्यान्वयन गराउने उच्च अधिकारी सेसन्सको ट्रम्पले पटक पटक आलोचना गर्दै आएका थिए।

तपाईको प्रतिक्रिया
Road Show Real State

सम्बन्धित समाचार