इटालीका प्रधानमन्त्री भारत आउँदै


Share This

नेपालबहस संवाददाता    

१३ कात्तिक, काठमाडौं । इटालीका प्रधानमन्त्री पाओलो जेन्टिलोनी आफ्नो औपचारिक भ्रमणका सिलसिलामा आज नयाँ दिल्ली आउन लागेको भारतीय विदेश मन्त्रालयले जनाएको छ ।

इटालीका प्रधानमन्त्रीका रूपमा एक दशक यता भारतको भ्रमण गर्ने जेन्टिलोनी पहिलो उच्च अधिकारी हुन् । यस पहिले सन् २००७ को फेबु्रवरीमा तत्कालिन इटालीका प्रधानमन्त्रीले भारतको भ्रमण गरेका थिए । प्रधानमन्त्री जेन्टिलोनीसँग उनकी धर्मपत्नीसहित १५–सदस्यीय प्रतिनिधिमण्डल भारत भ्रमणमा आउने मन्त्रालयले जनाएको छ ।

भारतमा रहँदा जेन्टिलोनीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लगायतका उच्चपदस्थ अधिकारीसँग भेट गर्ने कार्यक्रम रहेको छ ।
प्रधानमन्त्री मोदीको निमन्त्रणामा हुन लागेको भ्रमण भारत तथा इटालीबीचको राजनैतिक, आर्थिक तथा अन्य आपसी हितलाई मजबुत बनाउने उद्देश्य रहेको छ ।

यूरोपियन यूनियनका सदस्य राष्ट्रमध्ये इटाली भारतको पाँचौँ ठूलो व्यापारिक साझेदार राष्ट्र हो । आर्थिक बर्ष २०१६÷१७ मा भारत र इटालीबीच आठ अर्ब ७९ करोड अमेरिकी डलरको द्विपक्षीय व्यापार भएको थियो ।

त्यसैगरी इटाली भारतमा लगानी गर्ने राष्ट्रमध्ये ठूलोबाट १३ औँ स्थानमा पर्दछ । भारतमा श्रृंगार, टेक्सटाइल्स, मोटर तथा उर्जा गरी ६०० भन्दा बढी इटालीयन कम्पनी रहेका छन् ।

तपाईको प्रतिक्रिया
Road Show Real State

सम्बन्धित समाचार