fbpx

यमनको सैन्य शिविरमा मानवरहित ड्रोन आक्रमण


Share This

नेपालबहस संवाददाता    

एजेन्सी । यमनको एक ठूलो सैन्य शिविरमा विद्रोहीहरुले गरेको मानवरहित विमान (ड्रोन)आक्रमणमा परी सरकार समर्थक ६ सैनिकको मृत्यु भएको छ ।  ड्रोनले सैन्य परेड भइरहेको स्थानमा आक्रमण गरेको बताइएको छ । संयुक्त राष्ट्रसङ्घको उपस्थितिमा स्विडेनका गत महिना हुथी विद्रोही र साउदी अरेबियाको समर्थन रहेको यमन सरकारका बीच कैयौँ सम्झौता भएको थियो ।

गत चार वर्षदेखि यमन सरकार र हुथी विद्रोहीबीच शुरु भएको भीषण द्वन्द्वको अन्त्य हुने एक राम्रो अवसरका रुपमा यस सम्झौतालाई लिइएको थियो । यस सम्झौतालाई पनि बाधा पुग्ने गरी सो आक्रमण भएको बताइएको छ । अल अनाद एयर बेसमा भएको यो आक्रमणको सिते हुथी विद्रोही समूहले जिम्मा लिएका छन् ।

यमनको दोस्रो ठूला शहर एडेनबाट ६० किलोमिटर उत्तरका अवस्थित सरकारको कब्जामा रहेको लाहिज प्राप्तमा रहेको अल आनाद एयर बेसमा सो आक्रमण भएको थियो । यस आक्रमणका परी उच्चस्तरीय कमाण्डरहरुसहित कम्तीमा १२ व्यक्ति घाइते भएका छन् । प्रान्तीय राजधानी हुटामा रहेको आबिएन खाल्डोअन अस्पतालमा उपचारार्थ भर्ना गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार