दिल्लीको अर्गिट प्यालेसमा आगलागि : १७ जनाको मृत्यु



नेपालबहस संवाददाता
 




  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं । भारतको राजधानी नयां दिल्लीको अर्गिट प्यालेसमा आगलागि हुँदा  १७ जनाको मृत्यु भएको छ । मंगलवार बिहान दिल्लीको करोल बाग क्षेत्रमा रहेको प्यालेसमा आगलागी हुँदा १७ जनाको मृत्यु भएको बिबिसी हिन्दीले उल्लेख गरेको छ ।

भारतीय प्रहरी स्रोतका अनुसार आगलागी किन र कसरी लाग्यो भन्ने बिषयमा अहिले अनुसन्धान भैइरहेको छ । आज बिहान करिव साढे ४ बजे तिर आगो लागेको हो ।

आगो नियन्त्रणमा लिनका लागि २० भन्दा बढी बारुणयन्त्र प्रयोग गरिएको थियो । अग्निनियन्त्रकले होटलबाट ३५ जनालाई सकुशल उद्धार गरेका छन् । केही घाइतेलाई अस्पताल भर्ना गरिएको छ ।

आगलागी भएपछि धेरैले होटलको छतबाट हामफालेर ज्यान जोगाउने प्रयास गरेका थिए । अहिले आगो नियन्त्रणमा आएको छ, र क्षतिको पूर्ण विवरण संकलन भइरहेको सरकारी अधिकारीले जानकारी दिएको भारतीय सञ्चार माध्यमले उल्लेख गरेका छन् ।


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

सम्बन्धित समाचार