फेसबुकमा स्टाटस सेयर गरेको आरोपमा सात शिक्षक निलम्बित



नेपालबहस संवाददाता
 




नयाँदिल्ली । पुलवामा घटनालाई लिएर भारत–पाकिस्तानबीचको तनाव अझै कम हुन सकेको छैन । दुई देशबीच तनाव कायमै रहेका बेला यो घटनासँग जोडिएका अन्य घटनाहरु पनि सार्वजनिक भइरहेका छन् ।

यसैक्रममा पुलवामा आक्रमणका बारेमा फेसबुकमा लेखिएको स्टाटस सेयर गरेको आरोपमा भारतमा सात शिक्षकलाई निलम्बित गरिएको छ ।

इन्डियन एक्सप्रेसका अनुसार पुलवामा आक्रमणसँग सम्बन्धित स्टाटस फेसबुकमा सेयर गरेको आरोपमा उत्तर प्रदेशका सात शिक्षकलाई निलम्बित गरिएको हो ।

पुलवामा आक्रमणका विषयमा प्रश्न उठाउने, पाकिस्तानी प्रधानमन्त्री इमरान खानको प्रसंशा गरेको, सरकारको टिप्पणी गरेको उनीहरुमाथि आरोप लागेको छ ।


सम्बन्धित समाचार