fbpx

आजबाट भारतीय प्रधानमन्त्री मोदीको चुनावी प्रचार अभियान शुरू



नेपालबहस संवाददाता
 




नयाँ दिल्ली । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बिहीबारदेखि चुनाव प्रचार अभियान सुरु भएको छ । उनको अभियान जम्मु काश्मिरबाट सुरु हुने भारतीय जनता पार्टी (भाजपा)का महासचिव राम माधवले बताए ।

आजबाट सुरु हुने अभियानका लागि चुनाव प्रचार अभियान सुरु गर्न आजै जम्मु काश्मिरमा जाने भएका छन् । प्रधानमन्त्री मोदीले आफ्नो चुनावी अभियान जम्मु काश्मिरबाट सुरु गर्नुले पनि यस ठाँउप्रतिको मोदीको चासो प्रष्ट र पुष्टि हुने बुझिएको छ ।

केही क्षेत्रीय पार्टीहरूले भने नगरपालिका र पञ्चायतको निर्वाचन भने बहिस्कार गर्ने घोषणा गरेका छन् । सन् २०१४ मा भएको निर्वाचनमा यस राज्यमा भाजपा विजयी भएको थियो ।

जम्मु, उदामपुर र लाडाख गरी तीन सिटमा विजयी भएको हो । अहिले जम्मु र काश्मिरमा लोक सभा निर्वाचनका लागि पाँच चरणमा मतदान हुन लागेको छ । अप्रिल ११ बाट सुरु भइ अप्रिल १८, २३, २९ र मे ६ का दिन मतदान हुने भएको छ ।


सम्बन्धित समाचार