राहुल गान्धी दुई ठाउँबाट चुनाव लड्ने



नेपालबहस संवाददाता
 




  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

नयाँ दिल्ली । भारतीय राष्ट्रिय काँग्रेसका वरिष्ट नेता एके एन्टोनीले पार्टी अध्यक्ष राहुल गान्धी दुई ठाउँबाट निर्वाचन लड्ने बताएका छन् ।

केरलाको वायानाड निर्वाचन क्षेत्रबाट पनि गान्धीले लोकसभाका लागि प्रतिस्पर्धा गर्ने उनले बताए । उनी यसअघि उत्तर प्रदेशको अमेठीबाट पनि निर्वाचन लड्ने घोषणा भइसकेको छ ।

गान्धी दुई ठाउँबाट निर्वाचन लड्ने विषयले अहिले भारतमा नयाँ बहस सृजना गरिदिएको छ । काँग्रेसका नेताहरुले यसलाई आवश्यकताका रुपमा व्याख्या गरेका छन् भने प्रमुख प्रतिस्पर्धी भारतीय जनता पार्टी ‘भाजपा’का नेताहरुले गान्धी भागेको, डराएको वा आफ्नो एक ठाउँको जितमा ढुक्क हुन नसकेको भन्ने गरेका छन् ।

उनले अध्यक्ष गान्धीलाई विषेशगरेर कर्नाटक, केरला र तमिलनाडुमध्ये कुनै प्रदेशको निर्वाचन क्षेत्रबाट चुनाव लड्न दवाव आएको जानकारी दिए। धेरैतिरबाट निर्वाचन लड्नका लागि आग्रह गरेपनि अन्त्यमा उनी वायानाडबाट उम्मेदवार बन्न मन्जुर हुनु भएको अन्टोनीले बताए ।

यो निर्वाचन क्षेत्रका लागि कर्नाटकका पूर्व मुख्यमन्त्री तथा काँग्रेस नेता सिद्धरमैयाले यही मार्च १५ मा अध्यक्ष गान्धीलाई आग्रह गरे । यसअघि मार्च ७ मा काँग्रेसले घोषणा गरेको पार्टीबाट निर्वाचन लड्नेहरुको पहिलो सूचीमा अध्यक्ष गान्धी अमेठीबाट मात्रै उम्मेदवार बन्ने उल्लेख थियो ।


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

सम्बन्धित समाचार