विमान दुर्घटना : हवाई क्षेत्रकी आइरन लेडीको मृत्यु



नेपालबहस संवाददाता
 




  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

एजेन्सी । रुसकी चौथी धनी महिलाको विमान दुर्घटनामा मृत्यु भएको छ । रुसी विमान उद्योगकी आइरन लेडी भनेर परिचित नतालिया फिलेवाको दुर्घटनामा मृत्यु भएको हो ।

५५ वर्ष फिलेवाको दक्षिण–पश्चिम जर्मनीस्थित एलेजबस शहर नजिकै दुर्घटनामा मृत्यु भएको हो ।  ६ सिटे विमानमा पाइलटसहित नतालिया र उनका बाबु पनि संगै थिए । दुर्घटनामा तीन जनाकै मृत्यु भएको छ ।

नतालिया र उनका श्रीमान व्लादिस्लाव फिलेवा एस ७ एयरलाइन्सका सहमालिक थिए । नतालियाको सम्पत्ति ६० करोड अमेरिकी डलर रहेको थियो । उनीहरुकी एक जना धर्मीपुत्री पनि छिन् । रुसी हवाइ क्षेत्रमा यात्रुहरुको सुविधा र सुरक्षा बढाउन जोड दिने नतालियालाई सोही कारण नै आइरन लेडी भनिन्थ्यो ।

नतालियाले आफ्ना बाबुलाई उपचारका लागि फ्रान्सबाट जर्मनी लैजाँदै गर्दा उक्त दर्घटना भएको हो । एस ७ लाई साइबेरिया एयरलाइन्स पनि भनिन्छ । रुसको दोस्रो ठूलो विमान कम्पनीका ९६ विमान छन् । यसले २६ देशका १८१ शहरमा सेवा दिँदै आएको कछ ।


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

सम्बन्धित समाचार