छत्तिसगढमा आतंककारी आक्रमण : भीमा मंडावीसहित ५ जनाको मृत्यु



नेपालबहस संवाददाता
 




काठमाडौं । भारतको छत्तिसगढस्थित दन्तेवाडा जिल्लामा आतंककारी आक्रमणमा परी भारतीय जनता पार्टी भाजपाका विधायक भीमा मंडावीसहित ५ जनाको मृत्यु भएको छ ।

लोकसभा चुनावको प्रचारप्रसारमा रहेका भाजपाका विधायक मंडावी, उनका सवारी चालक र ३ जना सुरक्षाकर्मी आक्रमणमा मारिएका भारतीय संचार माध्यमहरूले जनाएका छन् ।

दन्तेवाडाको श्यामगिरी क्षेत्रमा मंगलवार दिउँसो विद्यायक सवार गाडीलाई लक्षित गरी विस्फोट भएको छत्तिसगढका वरिष्ठ प्रहरी अधिकारी पी सुंदरराजले बताए । निर्वाचन आयोगले चुनावमा कुनै परिर्वतन नहुने जनाएको छ ।


सम्बन्धित समाचार