फ्रान्सको ८५० वर्ष पुरानो प्राचीन चर्च नोट्र ड्याम क्याथेड्रलमा भीषण आगलागी !



नेपालबहस संवाददाता
 




  • 11
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    11
    Shares

एजेन्सी । फ्रान्सको पेरिसस्थित ८५० वर्ष पुरानो ऐतिहासिक नोट्र डाम क्याथेड्रल चर्चमा भीषण आगलागी भएको छ । सोमबार रातिबाट चर्चमा आगलागी भएको अन्तराष्ट्रिय समाचार एजेन्सीहरुले बताएका छन् ।

आगो अझै नियन्त्रणमा आउन सकेको छैन । आगोले चर्चको माथिल्लो भाग खरानी बनाएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । बीबीसीका अनुसार चर्चमा थप क्षति हुन नदिन अग्निनियन्त्रकहरु खटिइरहेका छन् । यद्यपि, नियन्त्रणको प्रयास सफल भएको छैन ।

फ्रान्सको इतिहास र सभ्यता बोकेको चर्चमा कसरी आगो फैलियो भन्ने खुलेको छैन । यद्यपि, जीर्णोदारको काम भइरहेकाले यसको सम्बन्ध हुनसक्ने अनुमान गरिएका छन् ।

पेरिसको अभियोजनकर्ताको कार्यालयले घटनाबारे अनुसन्धान थालेको बताएको छ । आगलागीलगत्तै चर्च पुगेका फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले इतिहासमा क्षति पुगेको भन्दै आगलागीप्रति दुःख व्यक्त गरेका छन् ।

ऐतिहासिक यो चर्च निकै जीर्ण अवस्थमा पुगेको थियो । अघिल्लो वर्ष मात्रै यसको जीर्णोदारका लागि आर्थिक सहयोग जुटाइएको थियो र धमाधम काम भइरहेको थियो ।


  • 11
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    11
    Shares

सम्बन्धित समाचार