अफगानिस्तानमा हवाई कारबाहीमा ४९ आतङ्ककारीको मृत्यु


Share This

नेपालबहस संवाददाता    

एजेन्सी ,२४ बैशाख । अफगानिस्तानका विभिन्न प्रान्तमा गत २४ घण्टाभित्र आतङ्ककारीविरुद्ध गरिएको हवाई कारबाहीको क्रममा कम्तीमा ४९ जना आतङ्ककारीको मृत्यु भएको छ ।

अफगानिस्तानको गृह मन्त्रालयले अनुसार अफगानिस्तानमा पछिल्लो समयमा हिंसा बढेको विविसीले जनाएको छ । अफगानिस्तानको दक्षिणी प्रान्त उरुज्गानमा तालिबान आतङ्ककारी समूहको एक आखाडालक्षित हवाई आक्रमणमा कम्तीमा १८ तालिबान आतङ्ककारी मारिनुको साथै १४ जना घाइते भएका छन् ।

त्यस्तै छिमेकमा पर्ने कान्दाहार प्रान्तको मरुफ जिल्लामा भएको यस्तै कारबाहीमा परी नौ तालिबान आतङ्ककारी मारिनुको साथै सात घाइते भएका छन् ।

यसैगरी जाबुल प्रान्तको डेचोपान जिल्लामा भएको हवाई आक्रमणमा परी १० आतङ्ककारी मारिएका छन् । अफगानिस्तानमा हवाई कारबाहीमा अफगान सुरक्षा बललाई अमेरिकी र नेटो सैनिकले सहयोग गर्दै आएका छन् ।

तपाईको प्रतिक्रिया
Road Show Real State